२६ पुस, बाँके । नेपालगन्जमा संचालनमा रहेको बाँके प्रेस डटकमले आफ्नो कार्यालय एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेको छ ।
एस इभेन्ट मिडिया प्रा.लिद्वारा सञ्चालित बाँके प्रेस डटकमले नेपालगन्ज वडा नम्बर दुईमा आफ्नो कार्यालय उद्घाटन गरेको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज वडा नम्बर दुईका अध्यक्ष मनोज श्रेष्ठले नयाँ प्रविधीको बिकास संगै अनलाइन मिडियाले फड्को मारेको भन्दै जनताको आवाज बुलन्द बनाउन र जनताको आवाजलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने आशा ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि नेपालगन्ज ६ का वडा अध्यक्ष समीर प्रताप सिंहले बाके प्रेसको सफलताको कामना सहित बाँके प्रेसले सत्यतथ्य समाचार पस्कनेमा आफू विश्वस्त रहेको बताएका थिए ।
त्यस्तै कार्यक्रमका अतिथी तथा प्रेस सेन्टर बाँकेका अध्यक्ष चन्द्र बोहोराले जनताको दबिएको आवाज बुलन्द गर्न बाँकेका मिडियाले अझै शशक्त भुमिका खेल्नुपर्ने बताएका थिए ।
एस इभेन्ट मिडिया प्रा.लिद्वारा सञ्चालित बाँके प्रेस डटकमका सञ्चालक शिवम बानियाँको सभाध्यक्षतामा सुरु भएको कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज वडा नम्बर २ का वडाअध्यक्ष मनोज श्रेष्ठ, विशिष्ट अतिथि नेपालगन्ज ६ का वडा अध्यक्ष समीर प्रताप सिंह, अतिथिहरुमा बाँके प्रेस डटकमका सम्पादक सुमन शाही, कार्यकारी सम्पादक राजेश गुप्ता, कार्यकारी निर्देशक सुधिर प्रताप सिंह, सिमादेवी गुप्ता, प्रेस सेन्टर बाँकेका अध्यक्ष चन्द्र बोहरा, प्रेस चौतारी बाँकेका सचिव कमल डाँगी, पत्रकारहरु रामु ओली, अजय पाठक, अशोक थापा, टार्जन ओली, कबड्डी संघ लुम्बिनी प्रदेश अध्यक्ष जनक केसी लगायतको उपस्थिती रहेको थियो ।





