बाँकेमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैँ

Picture of Mero Hosting

Mero Hosting

१ कात्तिक, बाँके । भोलि र पर्सी बाँकेमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैँछ । जिल्लाभर ४६ हजार ४८० जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाईदैँछ ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार ४१ हजार १९६ जना बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । यो एक देखि ५ वर्ष सम्माका बालबालिकालाई खुवाईनेछ ।

यसका लागि जिल्लाभर सात सय ८५ जना महिला स्वास्थ्य स्वंयमसेविका परिचालन गरिने छ ।

भिटामिन ‘ए’ र जुकाको औषधि सबै जिल्लाका आठवटै पालिकामा पुगिसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार