बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

Picture of Mero Hosting

Mero Hosting

१७ पुष, सर्लाही । सर्लाहीमा बस दुर्घटनामा सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ ।

गएराति पौने ९ बजेको समयमा सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको हो ।

बलरा नगरपालिका–९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका प्रहरी निरीक्षक तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी गराए ।

छतौनाबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको राजदेवी यातायातको बस अनियन्त्रित भई पल्टिएर तुलाधरलाई थिचेको हो ।

घटनास्थलमा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । चिकित्सकले उनलाई राति १० बजे मृत घोषणा गरेको हो ।

बसमा सवार यात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार