३१ बैशाख, झापा । होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । झापाको कन्काई नगरपालिका-२ स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको हो ।
आइतबार बेलुका साढे ६ बजे आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा २३ बर्षीय मिना घाईते भएकी कोशी प्रदेशका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी प्रवक्ता सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट थप अनुसन्धान भईरहेको छ ।





