प्रहरीको थुनामा महमद क्यामोदिन मृत अवस्थामा भेटिए

Picture of Mero Hosting

Mero Hosting

३ कात्तिक, काठमाडौँ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको थुनामा रहेका महमद क्यामोदिन मृत अवस्थामा भेटिएका छन् ।

रत्ननगर नगरपालिका-१३ का ४५ वर्षीय क्यामोदिन बाथरुममा मृत अवस्थामा भेटिएका हुन । उनी आपराधिक लाभ कसुर मुद्दामा कात्तिक १ गते पक्राउ परेका थिए ।

थुनुवा कक्षको बाथरुमको ढोका छेउमा उनी आज बिहान पौने ५ बजेको समयमा भेटिएका हुन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

प्रहरी अनुसार उनलाई बिहान ६ बजे मृत घोषणा गरिएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार