पृथ्वी ज्यन्तीको अवसरमा नेपालगञ्जमा मोटरसाईकल र्‍याली

Picture of Mero Hosting

Mero Hosting

२७ पुष, बाँके । बाँकेको नेपालगञ्जमा आज पृथ्वी ज्यन्तीको अवसरमा मोटरसाईकल र्‍याली निकालिएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार नेपालगञ्जमा बागेश्वरी पार्कमा भेलाभई निकालिएको मोटरसाइकल र्याली बागेश्वरी पार्क न्युरोड, पुस्पलाल चोक, कारकादो चोक, पुन पुस्पलाल चोक, धम्बोजी चोक, बिपि चोक हुँदै त्रिभुवन चोकमा कोणसभा तथा जन्मजयन्ती सभामा परिणत भएको थियोे ।

नेपाल शिवसेनाको आयोजनामा भएको वृहत् मोटरसाइकल र्यालीमा सामाजिक तथा धार्मिक संघसंस्थाका व्यक्तित्व, राजनैतिक पार्टीमा रही आफुलाई नेपाली भन्न रुचाउने व्यक्तित्वहरु, देशभक्ति युवाहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

कोणसभामा बोल्ने अधिकांश वक्ताहरूले अब युवा पुस्ता र नेपालीहरु जाग्ने बेला आएको बताएका छन । उनीहरुले यस्तै अवस्था रहे बंगलादेश, सिरिया जस्तै नेपाल पनि नहोला भन्न सकिदैन, तेसैले अब सम्पुर्ण देशभक्ति युवाहरु एक जुट भएर पुरानै राजसत्ता फर्काउन यी भष्ट्र्रनेताहरुलाई फाल्ने समय आएको चिन्ता व्यक्त गरे ।

कोणसभा नेपालगञ्जको मुख्य बजार त्रिभुवनचोकमा गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार