११ जेठ, बाँके । जन्मदर्ता र अस्पतालको प्रमाण पत्र भएपनि नागरिकता पाउनबाट बञ्चित बनेकी कृपा सोनी कानुनी लडाई संगै सडकबाट पनि दबाब सृजना थालेकी छन । बुवा खोज्दै नेपालगञ्ज आइपुगेकी कृपाले आन्दोलनलाई अगाडि बढाएकी छन ।
आज साँझ ४ बजे नेपालगञ्ज स्थित धम्बोझी चोकमा उनीलाई विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गरिरहेका प्रतिनिधि तथा आम नागरिकले आन्दोलनमा साथ दिएका छन । उनले यस अघि नै पत्रकार सम्मेलन मार्फत सडक संघर्ष-आन्दोलनको विषय सार्वजनिक गरिसकेकी थिइन ।
आज नेपालगञ्जमा विभिन्न प्ले कार्ड मार्फत माग प्रस्तुत गरिएको छ । पढ्ने उमेरमा उनी यति बेला अदालतको तारीख/पेशी र आन्दोलनमा होमिएकी उनको मानसिक अवस्थामा समेत असर पर्नगएको छ ।
धम्बोझी चोकमा देखिएको दृश्यमा स्थानीय सरकार कृपाले न्याय कहिले पाउँछिन त ?, कृपा सोनीलाई न्याय देऊ, दोषी बुबा खुलेआम पीडित बालिका गुमनाम, चुप लागेर बस्दैनौं न्याय मर्न दिदैँनौं, सरकारी निकाय देखाउ ईच्छा खै त? बालिकाको सुरक्षा लगायतका शब्दहरु लेखिएका प्ले कार्डहरु प्रर्दशन गरिएको हो ।
न्याय नपाए सम्म आफु पछि नहट्ने अडान लिएकी कृपा विभिन्न संघ संस्था, संगठन, पार्टी एवं नागरिकहरुको समर्थन पाएकी छन ।
फोटो फिचरः






