नेपाली कांग्रेस नेपालगञ्ज–१८ समितिको भवन निर्माण गर्न जग्गा दान गर्ने वर्मा सम्मानित

Picture of Mero Hosting

Mero Hosting

२७ पुष, बाँके । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कार्यसमितिको भवन निर्माण गर्न जग्गा दान दिएका राम कुमार वर्मालाई सम्मान गरिएको छ ।

भवन निर्माण गर्न कारकादो सिट.नं. ८ कि.नं. २२६७ क्षेत्रफल ०–०–८ धुर १३५.४४ वर्गमिटर जग्गा दान गरेको हुनले समितिले सम्मान गरेको छ ।

पार्टीको भवन निर्माण गर्न जग्गा दाताबाट प्राप्त जग्गाको रजिश्ट्रेशन पास गर्दा लाग्ने शुल्क रकम विभिन्न दाताहरुले उपलब्ध गराउने निर्णय भएको पार्टीले जनाएको हो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार