नेपालगञ्ज-२२ मा गुरुकुलका लागि भवन शिलान्यास

Picture of Mero Hosting

Mero Hosting

२१ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज-२२ खलवा पुरैनीमा आज गुरुकुल भवन शिलान्यास गरिएको छ । लामो समयको प्रयास पछि यस क्षेत्रमा गुरुकुल शिक्षा पद्दतीलाई अगाडि बढाउने उद्देश्यका साथ भवन निर्माण थालिएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र बहादुर हमाल लगायतले एक कार्यक्रम बीच बुधबार भवन शिलान्यास गरेका हुन ।

विभिन्न समाजसेवी, गुरुकुल प्रति आस्था राख्ने सहयोगी दाताहरुको सहकार्य र सहयोगमा भवन निर्माण थालिएको स्थानीय अजय सहानीले जानकारी दिए ।

दातको सहयोगमा भवनको लागि जग्गा खरिद गरेर टेन्डर मार्फत निर्माण थालिएको हो । यस्तै, प्रदेश सरकारले ३० लाख बजेट उपलब्ध गराएको सहानीले जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार