नेपालगञ्ज कारागारमा १ कैदी झुण्डिएको अवस्थामा फेला

Picture of Mero Hosting

Mero Hosting

२१ असार, बाँके । बाँकेको नेपालगञ्ज स्थित कारागारमा एक जना कैदी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

जानकी गाउँपालिका वडा नं.६ का निवासी २३ वर्षीय नीरज कुमार गुप्ता आज बिहान करिब ५ बजेको समयमा कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको कारागारका प्रमुख अर्जुन जंग शाहले जानकारी दिए ।

उनले नाईल खबरलाई जानकारी गराउदै भने, ‘मृत शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ । विस्तृत जानकारी पोष्टमार्टम पश्चात मात्रै आउने छ ।’

ढाकाचोरी मुद्दामा जिल्ला अदालत बाँकेको फैसलाले ३ वर्ष कैद र ३० हजार जरिवाना सजाय तोकिएका गुप्ता कारागारमा कैदीबन्दी भएको एक महिना नबित्दै आत्माहत्या गरेका हुन । जिल्ला अदालतले केही महिना अगाडि नै सजाय सुनाएपनि फरार रहेका उनी गत असार ५ गते पक्राउ पश्चात कारागार चलान गरिएको थियो ।

कारागार प्रशासन अनुसार शौचालय गएका गुप्ता सुत्ने तन्नाकाे डाेरी बनाएर  झुण्डिएको अवस्थामा फेला परेका हुन ।

जानकी गाँउपालिका स्थित नेरा मा.वि. भाटनपुर्वाले गुप्ता माथि रिट दायर गरेको थियो । उक्त घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार