नेपालगञ्जमा खुल्यो फोटन कम्पनीको फास्ट चार्जिङ (CCS2) स्टेशन

Picture of Mero Hosting

Mero Hosting

६ बैशाख, बाँके । बाँकेको नेपालगञ्जमा विद्युतीय सवारी साधनको लागि फोटन कम्पनीको फास्ट चार्जिङ (CCS2) स्टेशन सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क परिसर भित्र सञ्चालनमा आएको चार्जिङ स्टेशन आज उद्धघाटन गरिएको छ । नेपालगञ्जमा यो पहिलो चार्जिङ स्टेशन हो ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ई. राजिव कुमार सिंहले बिहीबार एक कार्यक्रम बीच उक्त चार्जिङ स्टेशनको रिवन काटेर उद्धघाटन गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै चार्जिङ स्टेशन नेपालगञ्जको प्रत्योक चोकमा हुनुपर्ने र यसका लागि विद्युत प्राधिकरणलाई एउटा निवेदन र मिटरको मुल्य तिरेर सञ्चालनमा ल्याउन सकिने बताएका छन ।

उनले भने, ‘यसका लागि तपाईहरुलाई एउटा निवेदन र मिटरको मुल्य तिरेहुन्छ । बाँकी सबै हामी गर्छौ । विद्युतबाट चाहिने सुविधाका लागि सोझै सम्र्पक गर्दा हुन्छ ।’

चार्जिङ स्टेशनलाई प्राधिकरणले प्रवद्र्धन गर्ने विषयमा लगानीकर्ताले स्टेशन राख्न खोजेको खण्डमा विद्युतीय सामाग्री लगायत ट्रान्सफार्मर पुर्‍र्याइदिने प्राधिकरणको नीतिमा रहेको विद्युत वितरण केन्द्र नेपालगञ्जका प्रमुख जगरनाथ लामिछानेले बताए ।

उनले भने, ‘हामीले बढाउनुपर्ने प्रक्रिया अगाडि बढाएर उहाँहरु संग समन्वय गरियो । यस क्षेत्रमा अबथ प एउटा चार्जिङ स्टेशन भएको छ । पेट्रोलियम गाडीलाई विस्थापित गरेर तराई क्षेत्रमा विद्युतीय गाडी सहज हुनेभएकोले अझै उपयुक्त देखिन्छ ।’

उनले हाईवेका छेउहरुमा चार्जिङ स्टेशन सञ्चालन गराउन प्राधिकरणले धेरै सहयोग गर्दै आइरहेको बताए । विद्युत प्राधिकरणको विद्युत खपत बढाउने अभियानमा सहयोग नमस्ते गोर्खाली यातायात सेवा प्रा.लि.लाई उनले आभार समेत व्यक्त गरेका छन ।

विद्युत खपत अभिवृद्धि तथा विद्युतीय सवारी साधनको प्रयोग प्रवर्द्धनका क्रममा उक्त ६० किलोवाट क्षमता भएको चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । वृद्धी एम ए डब्लु र नेपालगञ्ज वेस्र्टन अटो सेन्टरको लगातमा सजिलो र छिटो चार्ज गर्न सक्ने क्षमता भएको चार्जिङ स्टेशनले एकै पटकमा दुई वटा गाडीलाई चार्ज गर्न सक्छ ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नं. २ का सभापति एवं व्यवसायी विवेक कुमार श्रेष्ठ, विभिन्न यातायात सेवाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

नमस्ते गोर्खाली यातायात सेवा प्रा. लि. का विनोद रिजालले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार