नेपालगञ्जबाट ब्राउनसुगर सहित डुडुवा निवासी सन्तराम पक्राउ

Picture of Mero Hosting

Mero Hosting

१२ असोज, बाँके । बाँकेको नेपालगञ्जबाट अबैध लागूऔषध सहित डुडुवा गाँउपालिकाका एक जनालाई पक्राउ गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय मिलिग्राम सहित डुडुवा गाउँपालिका-५ बस्ने ३६ वर्षीय सन्तराम अहिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाँके प्रहरी अनुसार उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्यूरो बाँकेबाट खटिएको प्रहरीले लग्दहवाबाट राँझातर्फ आउँदै गरेको भे.१० प ५१९० नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक सन्तरामलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार