नेपालगञ्जबाट एमडिएमएसमा दर्ता नभएका ७७ थान मोबाईल बरामद

Picture of Mero Hosting

Mero Hosting

११ जेठ, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एमडिएमएसमा दर्ता नभएका ७७ थान मोबाईल बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ स्थित के.सी. मोबाईल सेन्टरमा मर्मतका लागि शंकास्पद रुपमा राखिएका उक्त थान मोबाईल बरामद गरि नियन्त्रणमा लिएको सूचना अधिकारी एवं डिएसपी नारायण डाँगीले जानकारी दिए ।

प्रहरी प्रवक्ता डाँगी अनुसार उक्त मोबाईल नेपाल सरकारको एमडिएमएस प्रणालीमा दर्ता नभएको पाइएको हो ।

बिदेशबाट अबैध रुपमा ल्याईएको हुन सक्ने आशंका सहित मोबाईल सेन्टरमा ल्याउने ब्यक्तिहरुको बारेमा खोजतलास तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार