निजामती सेवा : विधेयकमा सरोकारवाला संग छलफल जारी

Picture of Mero Hosting

Mero Hosting

२६ साउन, दाङ । लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा सरोकारवाला संग छलफल शुरू गरिएको छ ।

लुम्बिनी प्रदेशसभाको प्रदेश मामिला तथा कानून उपसमितीले सम्बन्धित सरोकारवाला र अधिकारिक ट्रेड युनियनसंग सल्लाह सुझाव तथा छलफल गरेको हो ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिले विषयगत सरोकारवालाहरू सँग छलफल शुरू गरिएको छ । छलफलमा उपसमितिका सदस्यमा निमा गिरी, अम्बिका काफले, शुशिला बादी नेपाली, इन्द्रजीत थारू, रत्न बहादुर खत्री, राजकुमार चौधरी उपसमिति सदस्य रहेका छन ।

लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती कर्मचारी सेवाको गठन शर्त सम्बन्धमा बेवस्थापन गर्न बनेको बिधयेक २०८० माथी निजामती कर्मचारीको  सेवा प्रवाह र वृद्धि विकासको विषयमा सुझाव संकलन भएको थियो ।

सुझाव संकलन जारी रहेको उपसमितिका सदस्य अम्बिका काफले जानकारी गराइन ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार