नवलपरासीको प्रतापपुरमा चौथो वडा अध्यक्ष कप पुरूष भलिबल प्रतियोगिता

Picture of Mero Hosting

Mero Hosting

संजय कुशवाहा
२८ असोज, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.७ गुठी सुर्यपुरामा चौथो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता आइतबारबाट शुरू भएको छ ।

प्रतापपुर वडा नं.७ को आयोजनामा गणेश माध्यमिक विद्ययालय जगरनाथपुरको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । वडाध्यक्ष हरेन्द्र यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार (सन्तु) को प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो ।

खेल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कलवारले खेल क्षेत्रलाई प्रोत्साहन गरि युवाहरूमा उर्जा थप्न प्रतियोगिताको आयोजना गरिएको बताए । वडाले छोटो समयको तयारीका बीचमा पनि राम्रो सहभागीता रहेको बताउँदै सहभागी खेलाडीहरूलाई अनुशासित भएर खेल खेल्न आग्रह गरे । साथै यस क्षेत्र विकास निर्माणका लागि आफू सदैव अगाडि रह्ने सम्बोधन गरे ।

सो अवसरमा प्रतापपुर गाउँपालिका वडा न.८ का वडा अध्यक्ष संतोष राजभर, वडा न.९ का वडाध्यक्ष जय किसुन चौधरी, वडा नं. ३ का वडाध्यक्ष ऋषिदेव पटेल लगायतले खेलकुदको महत्व बारे चर्चा गरेका थिए ।

“स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको वडा अध्यक्ष कप भलिबल, कबडी र क्रिकेट प्रतियोगितामा सुरू भएको छ ।

प्रतियोगितामा भलिबल बिजयी टिमलाई ३० हजार नगद सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने उपबिजेतालाई २० हजार नगद सहित कप, मेडल र प्रमाण पत्र सहित प्रदान गरिनेछ । यस्तै, तृतीयलाई १० हजार नगद सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

यस्तै, कबडी बिजयी टिमलाई १२ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने उपबिजेतालाई ८ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र सहित प्रदान गरिनेछ भने तृतीयलाई ५ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र सहित प्रदान गर्ने छन ।

त्यस्तै क्रिकेट बिजयी टिमलाई २० हजार नगद सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने उपबिजेतालाई १० हजार नगद सहित कप, मेडल र प्रमाण पत्र सहित प्रदान गरिने छ ।

कबडीमा २१ टिम र क्रिकेटमा १६ टिम सहभागिता भएका हुन । प्रतियोगिता असोज २७ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन रहने आयोजकले जानकारी दिएको छ ।

खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा गुठी सुर्यपुराका किशोरीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । खेल प्रतियोगिताको उद्घाटन समारोहमा पालिका अन्तर्गतका जनप्रतिनिधि, राजनीति दलका नेताकार्यकर्ता र संचारकर्मी तथा स्थानीय सर्वसाधारण लगायतका उपस्थिति रहेका थिए ।

कार्यक्रम संचालन ब्यास मुनि कुशवाहाले गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार