धरौटीमा पोखराबाट रिहा भएका लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने

Picture of Mero Hosting

Mero Hosting

२६ पुष, काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज अर्को मुद्दामा काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनेछन ।

लामिछाने विरूद्ध काठमाडौँमा पनि सहकारी सम्बन्धी अर्को मुद्दा रहेकाले शुक्रबार उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जना विरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार