‘द डिपाचर’ : परिवार र प्रेमीको माया छाडेर बिदेशीनु पर्नेको कथा

Picture of Mero Hosting

Mero Hosting

२८ माघ, काठमाडौ । रंगकर्मी नरेन भट्टराईले लेखेको नाटक ‘द डिपाचर’ माघ २७ गतेदेखि मञ्चन सुरु भएको छ ।

कालिकास्थान स्थित सर्वनाम थिएटरमा प्रेम र समर्पणमा रूमलिएको परिवार र प्रेमिल जोडी बिचको मनस्थिती र परिस्थितिकाे एउटा कथा समेटेर नाटक तयार पारिएको छ ।

बिदेशमा नेपालीले गरेका दु:ख, त्याग र समर्पणलाई समेत नाटकमा प्रस्तुत गरेको रंगकर्मी नरेन भट्टराईले बताए ।

‘म नाटकमा धेरै वर्षदेखी काम गर्दै आएको छु । शुरुमा मैले प्रेमी प्रेमिकाको संवाद तयार पारेको थिए । वर्तमान परिस्थितीलाई समेटेर नाटक बनाएको छु । मलाई पूर्ण विश्वास छ यो नाटक सम्पूर्ण दर्शकबिन्दहरुले मन पराउनुहुनेछ ।’ उनले भने ।

नाटकमा परिस्थितिले परिवार र प्रेमीको माया छाडेर बिदेशीनु पर्नेको कथालाई समेटिएको छ । कृष्ण खड्काको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा फर्कनेहरूको आसमा बसेका पर्खनेहरूको पीडालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।

नाटकका निर्देशक कृष्ण खड्काले भने,’परिवार, प्रेम र देश तीन फूल उनेर The Departure नामको माला उनेको छौ, यो हाम्रो समयको,हाम्रो समाजको, हाम्रो राष्ट्रको कथा हो भने हामिले नै भन्नुपर्छ भन्ने लागेर हामी कथा लिएर उपस्थित छौ, हेरेपछि तपाईहरुको प्रतिकृया सुन्न उत्साहित छु/छौ ।’‘द डिपाचर’ मा नरेन भट्टराई , शोभा कार्की, मुकेश हमाल, धिरज थापामगर, स्वस्थानी राउत, सुरज पराजुली , विध्यक तिलकको अभिनय रहेको छ । लाइभ म्युजिकमा बिमल लामिछाने, सागर भुसाल, लक्ष्मी पौडेल र रोशन फुयाँल रहेका छन ।

माघ २७ गतेदेखि मञ्चन भएको नाटक फागुन ५ गते सम्म हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार