दैवी प्रकोप उद्धार कोषमा पौने दुई अर्ब रकम जम्मा

Picture of Mero Hosting

Mero Hosting

१ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रकम जम्मा भएको छ ।

असोज ३० गते सम्म यो रमक कोषमा दाखिला भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सार्वजनिक विवरण अनुसार कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिक सहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनले रु ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ राहत कोषमा जम्मा गरेका छन ।

यस्तै, नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनी लगायतका संस्थाले पनि कोषमा रकम जम्मा गरेका छन ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार