दूरसञ्चार र ‘इन्टरनेट’ सेवा प्रभावकारी बनाउन सेवा प्रदायकलाई निर्देशन

Picture of Mero Hosting

Mero Hosting

१२ असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएको छ ।

अविरल वर्षाका कारण सञ्चार पूर्वाधार क्षेत्रमा भएको क्षति विवरण र पूर्वाधारको पुनःसञ्चालन सम्बन्धमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा बसेको बैठकले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई सेवा प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएको हो ।

सेवा निरन्तर र प्रभावकारी बनाउन उत्पन्न हुने कुनै समस्या वा अन्य निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएकामा नेपाल दूरसञ्चार प्राधिकरण मार्फत मन्त्रालयमा जानकारी गराउन पनि निर्देशन सकेत दिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार