दुई प्यानल बीच प्रतिस्पर्धा निश्चित, आर्थिकमा सुधार ल्याउने प्रमुख लक्ष्य सहित मैदानमा रौनियार

Picture of Mero Hosting

Mero Hosting

२६ असार, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति घोषणा भएसंगै प्रतिस्पर्धी आ-आफ्नो प्यानल बनाउन दौडधुपमा होमिएका छन । आगामी साउन २० गते हुने चुनावमा ललित कुमार रौनियार र टंक धामी प्यानल बीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले अध्यक्षमा रौनियार र माओवादी केन्द्र निकट समावेशी प्यानलले धामीलाई अघि सारेको छ । यी दुवै जनाको नेतृत्वमा अन्य दल गठबन्धन गरेर सहभागी हुने भएका छन ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तर्फबाट अध्यक्ष पदका उम्मेदवार रौनियारले निश्चित रुपले नेपालगञ्जलाई मध्य र सुदूपश्चिमको कुनै बेला आर्थिक केन्द्रबिन्दुको रुपमा लिनेगरेको जनाउदै नेपालगञ्ज आज पछाडी परेको अवस्थामा रहेको बताएका छन । उनले नेपालगञ्जका व्यापारीका विषयमा चिन्ता व्यक्त गर्दै निकै मारमा समेत रहेको बताएका छन ।

उनले नाईल खबर संगको संवादमा भने, ‘यहाँ दिनप्रति दिन सटर बन्दै हुदैँछन, ताला लागेको अवस्था छ । व्यवसायी आफ्नै व्यवसायबाट पलायन हुदैँछन । बैंकहरुको व्याज तिर्न सक्ने अवस्था छैन । पसलको भाडा तिर्न सकिरहेका छैनन् । बजार सुनसान छ ।’

रौनियारले संघको नेतृत्वमा जो कोही गएपनि नेपालगञ्जको उत्पादन क्षेत्रमा गतिशिल्ता प्रदान गर्ने उद्देश्य हुनुपर्ने बताउदै भने, ‘जो सुकै आओस तर उद्योगी व्यवसायीहरुको लागि यो तीन वर्षमा एउटा सुनौलो अवसर हो ।’

विगत दुई कार्यकाल देखि समूहको नाममा प्रतिनिधित्व गरिएको बताउदै रौनियारले त्यो समूहले उद्योगी व्यवसायीहरुको सवालमा मौन धारण गरेको जिकिर गरेका छन । जसका कारण उद्योगी निरास भएका छन ।

यस पटक उद्योग वाणिज्य संघले परिवर्तन खोजेको हुनले उद्योगी व्यवसायीले निश्चित रुपमा नेतृत्व परिवर्तन गर्ने रौनियार विश्वस्त रहेका छन ।

रौनियारले प्रतिद्वन्दीको सन्दर्भमा कुनै संघ संस्थामा स्वभाविक रुपमा निर्वाचन अगावै प्रतिस्पर्धा भन्दा पनि उद्योगी व्यवसायीहरुले आफ्नो प्रतिनिधित्व चयन गर्ने अवसर मिल्ने गरेको बताएका छन । त्यस कारण यसमा कुनै पनि प्रतिद्वन्दताको कुरा नै नरहेको उनले बताए ।

एजेण्डाको विषयमा स्पष्ट पार्दै उम्मेद्वार रौनियारले आर्थिक अवस्थामा सुधार ल्याउने प्रमुख लक्ष्य रहेको बताएका छन । त्यस बाहेक उद्योगी व्यवसायीहरुको समस्या, खुला सिमानाकाबाट हुने गरेका अवैधनिक चोरी पैठरीलाई रोक्ने, भन्सार लगायत अन्य आर्थिक नीतिलाई सुधार गर्न देशव्यापी एजेण्डाको रुपमा स्थापित गरेर महासंघ मार्फत दवाव सिर्जना गर्ने बताएका छन ।

यस्तै, पर्यटनलाई आर्कषणका साथै व्यापारमा प्रर्वदन गर्न संघको वार्षिक क्यालेन्डर अनुसार भब्य मेला महोत्सवको आयोजना गर्ने रौनियारले बताएका छन । उनले यसबाट व्यपारमा प्रवर्दन मात्र नभई रोजगारीको अवसर तथा स्थानीय उत्पादनमा समेत विकास हुने बताए ।

पश्चिम क्षेत्रकै प्रमुख सहरका रुपमा रहेको नेपालगञ्ज धार्मिक, आर्थिक, औद्योगिक, पर्यटकीय र व्यापार व्यवसायको दृष्टिकोणले महत्वपूणर् सहर मानिदै आएको छ । तर यति बेला आर्थिक स्थितीमा यहाँका व्यवसायी निकै मारमा रहेका छन । कोभिड महामारी पश्चात यहाँको व्यापार सुस्ताएको छ । जसका कारण नेपालगञ्जका अधिकांस सटरमा ताल्चा लागेको अवस्था छ ।

आर्थिक स्थितीमा सुधार ल्याउन यति बेला यहाँका उद्योगी व्यवसायीले परिर्वतन खोजिरहेका छन ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार