डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बारे छलफल

Picture of Mero Hosting

Mero Hosting

सावित्री गिरी
६ माघ, बाँके । जिडिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मक पहलको आवश्यकता रहेको नेपागञ्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

सन्डे कल्बलाई निरन्तरता दिदै क्रियाशिल पत्रकार महिला बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बिषयक अर्न्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न गर्दे नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागि पहल थाल्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

उनले पत्रकार महिलाहरुको आवश्यकता अनुसार डिजिटल प्लेटफममा अग्रसर भएर लागि पर्ने पत्रकार महिलाहरुलाई विश्वास दिलाउनुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरेले डिजिटल मिडिया अहिलेको आवश्यकता भएकाले यसलाई कसरी सदुपयोग गर्ने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा मुख्य बिषय रहेको बताए । उनले डिजिटल मिडियामा प्रस्तुत गरिने बिषय र प्रसंङ्गले धेरै प्रभाव पार्ने बताए । कार्यक्रमा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक सचिव तथा पुर्वअध्यक्ष उमा थापा मगरले पत्रकार महिलाहरुले डिजिटल प्लेटफमको प्रयोग गर्दे आफूलाई दक्ष बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याइन ।

उनले पत्रकारिता गरिरहदा देखिएका चुनौतीहरुलाई समाधान गर्दे डिटिटल प्लेटफमको प्रयोग गरेर संचार जगतमा पनि राम्रो संभावना रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतमले समस्या भित्र संभावना खोजेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउदै डिजिटल मिडिया अहिलेको जल्दोबल्दो बिषय भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष अर्जुन वली, समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल, अवधि पत्रकार संघ बाँकेका अध्यक्ष प्रलाहद विश्वकर्मा र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाह लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमा डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौतीका बिषयमा बरिष्ठ पत्रकार शंकर प्रसाद खनालले सहजिकरण गरेका थिए ।

उनले डिजिटल मिडियामा सहभगिता बढ्दै गएको अवस्थामा यसलाई भरपर्दे र सत्यतथ्यमा आधारित बनाउनुपर्ने कुरामा जोड दिए । बिश्वमा यसको प्रयोग बढेको र रुचाइएकोले पत्रकारिता क्षेत्रमा पनि यो सुहाउदो र छरितो भएको धारणा राखे । क्रियाशिल पत्रकार महिला बाँकेले सन्डे कल्ब अर्न्तगत आज नयाँ कार्यसमिति निर्वाचित भइसकेपछि पहिलो कार्यक्रम गरेको हो ।

यसपछाडि सन्डे कल्ब अर्न्तगत ब्यक्ति विशेष सफलताका कथामा आधारित भएर गर्ने क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले बताइन । उनले डिजिटल मिडिया मार्फत सूचनामुलक सामाग्रीहरु प्रसारण गर्न सकिने भएकाले यस तर्फ पत्रकार महिलाहरुलाई आकर्षित गर्दे ससत्त बनाउने उदेश्य अनुसार कार्यक्रम गरिएको बताए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार