डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

Picture of Mero Hosting

Mero Hosting

१७ पुष, काठमाडौँ । नेकपा एमालेबाट निष्कासित डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।

उनले भावी योजनाबारे जानकारी दिन आज बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की ब्याङ्क्‌वेटमा पत्रकार सम्मेलन गर्न लागेका बुझिएको छ ।

यही पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।

२०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली सँग प्रतिस्पर्धा गरेका रावल त्यसपछि पार्टीमा निष्क्रिय रहेका थिए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार