टी-२० सिरिजः नेपाल नेदरल्याण्ड्स सँग भिड्दै

Picture of Mero Hosting

Mero Hosting

१६ फाल्गुन, काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्स सँग खेल्दै छ । खेल काठमाडौँको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

मंगलबारबाट सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबिया सँग २० रनको हार बेहोरेको थियो । नेदरल्याण्ड्सले भने सिरिजमा पहिलो खेल खेल्दै छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपालले यो सिरिजलाई आगामी जुनमा हुने टी-२० विश्वकपको तयारीको सुरुवातका रुपमा लिएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार