टी–२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो खेलाडी बने सन्दीप

Picture of Mero Hosting

Mero Hosting

३ असार, काठमाडौँ । नेपालका बलर सन्दीप लामिछानेले जारी टी-२० क्रिकेटमा एक सय विकेट पुरा गरेका छन् । उनी शतक विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

वेस्ट इन्डिज र अमेरिकामा चलिरहेको विश्वकप क्रिकेटमा आफ्नो समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशको दुई विकेट लिएसँगै उनीले टी-२० मा एक सय विकेट पुरा गरेका हुन् । सन्दीपको टी-२० यो ५४ औँ खेल हो । सन्दीप सयौँ विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

टी-२० मा सबैभन्दा छिटो विकेटको शतक बनाउने कीर्तिमान अफगानिस्तानमा राशिद खानको नाममा छ । उनले ५३ खेलमा १०० विकेट पूरा गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार