छेडागाडा नगर अस्पतालको डेढ वर्ष देखि रोकिएको निर्माण पुनः सञ्चालन हुने

Picture of Mero Hosting

Mero Hosting

११ फाल्गुन, जाजरकोट । जाजरकोटको छेडागाडा नगर अस्पतालमा पहिरोको कारणले डेढ वर्ष देखि रोकिएको निर्माण कार्य पुनः सञ्चालन हुनेभएको छ । निर्माण स्थल छेडागाडा नगरपालिका वडा नं. ११ सिल्मीमा रहेको उक्त अस्पताल आइतबारदेखि सुरु हुनेभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना महाशाखाको विभिन्न चरणको बैठकले ठेक्का पाएको निर्माण व्यवसायीले कामदार तथा आवश्यक निर्माण सामाग्री पठाएको हो ।

उक्त बैठकमा मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्ण पौडेल, भाैतिक पूर्वाधार तथा यातायात मन्त्रीकाे निजी सचिवालयका छैठाैं तहका अधिकृत पबन थापा, तथ्यांक अधिकृत, नगरप्रमुख रत्न बहादुर खड्का, उपप्रमुख चन्द्र बहादुर थापा, छेडागाडा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष लोकेन्द्र बहादुर थापा, निर्माण व्यवसायी अचुत भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

तीन वर्षमा कार्य सम्पन्न हुने गरी सञ्चालन भएको योजना पहिरोका कारण प्रभावित बनेको थियो । २०७८ बाट निर्माण कार्य शुरु भएकोमा २०७९ असार मसान्तमा रोकिएको थियो ।

१८ करोडको योजना निर्माण व्यवसायी माउन्टेन ईन्फ्रा कम्पनीले १३ करोडमा टेन्डर बिट गरेको भाैतिक पूर्वाधार  तथा  यातायात मन्त्रीकाे निजी सचिवालयका छैठाैं तहका अधिकृत थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार