ग्रेभल सडक निर्माण पछि झगरपुरवासीलाई यातायातमा सहज

Picture of Mero Hosting

Mero Hosting

८ बैशाख, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ को सडक पुर्वाधारमा पछाडि परेको क्षेत्र झगरपुर सम्म ग्रेभल सडक निर्माण भएको छ । वर्षौ देखि यस क्षेत्रमा सडक पुर्वाधारको समस्या थियो । सडकमा ग्रेभल र माटो पटान गरेर पिच जस्तै मर्मत गरेपछि यहाँका स्थानीय खुसी भएका छन ।

४० लाखको लागतमा निर्माण भएको ग्रेभल सडक ६ मिटर रहेको छ । सडकले यस क्षेत्रका विभिन्न गाँउबस्तीलाई जोडेको छ । सडकको समस्याका कारण बर्खाको समयमा पानी जम्ने, आपतकालिन स्थितिमा दम्कल र एम्बुलेन्स समेत गाँउसम्म पुग्न सक्थिएन । गाँउमा कोही बिरामी हुदाँ खाटमा बिरामी बोकेर मुल सडक सम्म ल्याउने गरेको स्थानीयले अनुभव व्यक्त गरे ।

झगरपुरका स्थानीय तिरथ रामका अनुसार ग्रेभल सडक निर्माण पश्चात आफुहरुलाई आउजाउमा सहज भएको छ ।

यस्तै, स्थानीय सहज राम खटिकले बाटो निर्माण पश्चात लडिहा, मोटरगाडीलाई गुड्न सहज हुने र आपत्कालिन स्थितिमा पनि सहज हुने बताएका छन । यो भन्दा अगाडि निर्वाचित जनप्रतिनिधिले कामचलावका लागि माटो पटान गरेपनि स्थिति उस्तै रहेको जानकारी गराए । उनले सरकार समक्ष आरसिसि वा कालोपत्रे भए अझै सहज हुने जिकिर गरेका छन ।

सडक निर्माण पश्चात स्थानीय सरकारले पुल निर्माण समेत गर्नुपर्ने माग गरेका छन । उनले भने, ‘यो सडकमा सानो र पुरानो पुल भएको हुनले बर्खाको समयमा पानी निकासको लागि प्रयाप्त छैन । यो पनि निर्माण भईदिए झनै राम्रो हुन्थियो ।’

स्थानीय मुजफर खानले बाटो निर्माण भएपछि ढिला चाडो कुनै पनि बेला बखत आउजाउ गर्न सक्ने भएको बताएका छन । सरकारले बाढी मुक्त गर्न ठूलो पुलको निर्माणमा पनि जोड दिनुपर्ने र हाल सम्म स्थानीय जनप्रतिनिधिले गरीरहेकको कार्य र जनता संग समन्वय सराहनीय रहेको बताए ।

ग्रेभल सडक निर्माणका उभोक्ता समितिका अध्यक्षले यो सडक बनाउनका लागि विगत देखि नै प्रयास गरीरहेको र वर्तमान वडाध्यक्षको कार्यकालमा सुनुवाई भएको बताए । उनले बर्खामा मात्रै नभई फाल्गुनमा समेत पानी जम्ने समस्या हुने गरेको अनुभव ब्यक्त गरे ।

गाँउहरुलाई मुल सडक संग जोडेर गाँउभित्रका सडक पनि निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढी रहेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष राजकुमार साहुले बताए । वडाको सिमित बजेट सबै क्षेत्रका लागि प्रयाप्त नरहेको हुनले माथिल्लो निकाय अर्थात उपमहानगर र प्रदेश संग समन्वय गरेर योजना हातपार्न प्रयासरत रहेको वडाध्यक्ष साहुले जानकारी गराए ।

नगरका सबै जनता कर बराबर तिर्ने अनि सेवा सुविधामा सम्बन्धित निकाय कन्जुसाई गर्ने र ध्यान नदिने भएकोले पनि सबै क्षेत्रमा फ्डको मार्न चुनौती रहेको वडाध्यक्ष साहुले बताए ।

उनले भने, ‘यस क्षेत्रबाट निर्वाचित भएका माननीयहरु संग पनि म समन्वय गरिरहेको छु । प्रदेशका मुख्यमन्त्री, सभा सदस्य संग पनि समन्वय गरी रहेको छु । सम्बन्ध सबै संग राम्रो छ तर बजेटको कुरामा उहाँहरुले पनि के कति चासो देखाउनुहुन्छ ।’

यो सडकमा पर्ने पुलको लागि समेत आफ्नै कार्यकालमा लक्ष्य राखेको वडाध्यक्षले जिकिर गरे । उनले भने, ‘के कति लागतमा पुल निर्माण हुन्छ । मेरो प्रयास पुल निर्माण गरेर ढुवानमुक्त गर्ने हो । यसमा अन्य निकाय के कति साथ दिन्छन ? कत्तिको सफल हुन्छु ? म आफ्नो तर्फबाट प्रयासरत छु ।’

यस क्षेत्रबाट निर्वाचित माननीयहरुको पनि नाईल खबर मार्फत ध्यानाकर्षण गराउदैँ यस क्षेत्रका लागि गम्भिर रुपमा विकासका लागि चासो व्यक्त गरिदिन अनुरोध गरेका छन ।

यस्तै, झगरपुर देखि मोल्बीपुर्वा सम्म पनि प्रदेशबाट १५ लाख बराबरको ठेक्का भईसकेको र सडक निर्माण शुरु भईसकेको छ ।
वडाध्यक्ष साहुले जनतालाई सबैको साथ सबैको विकास भन्नु मुलमन्त्रबाट संदेश समेत प्रवाह गरेका छन ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार