कस्तो रहला आज देशभरको मौसम ?

Picture of Mero Hosting

Mero Hosting

२९ पुष, काठमाडौँ । हाल देशको मौसमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

आज बिहान कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहेको छ । यस्तै तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ ।

यस्तै सोमबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पुर्वानुमान गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार