१८ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
एसईई परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने परिक्षा तालिका सार्वजनिक भएको हो ।
एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन हुन लागेको हो ।
परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइटबाट डाउनलोड गरी भर्न सकिने बोर्डले जनाएको छ
यस्तो छ सूचनाः





