एकीकृत सामाजवादी मधेश सरकारबाट बाहिरियो

Picture of Mero Hosting

Mero Hosting

२२ जेठ, काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । मंगलबार मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेली रहेका छन् ।

मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले यस अघि नै सहमति गरिसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार