आफूलाई सामाजिक अभियन्ता स्वघोषणा गर्ने ‘आशिका तामाङ’ माथि अनुसन्धान हुँदै

Picture of Mero Hosting

Mero Hosting

३ पुष, काठमाडौँ । सिर्जनशील भई समाजलाई सकारात्मक दिशामा अग्रसर बनाउन विभिन्न गतिविधिमार्फत असल कामहरू भइरहेका उदाहरण प्रशस्तै छन्‌ । समाजसँगै देशलाई सत्मार्गमा अघि बढाउन गरिएको त्याग, समर्पणसहित दत्तचित्त र निःस्वार्थ भावले अहोरात्र खटिनुहुने सन्दुक रुइत, महावीर पुन, भगवान कोइराला, अनुराधा कोइराला, पुष्पा बस्नेत जस्ता नेपालीले विश्व छवि बनाउनुभएको छ ।

सकारात्मक प्रयासबाट समाज परिवर्तनमा खेलेको भूमिकाकै कारण दशकौँअघि मृत्युवरण गरेका कतिपय व्यक्तिका सुन्दर कहानी नयाँ पुस्ताले प्रेरणाका रूपमा लिन्छन्‌ ।

तर, पछिल्लो समय समाजसेवा र सामाजिक अभियन्ताको आवरणमा आफ्नै प्रचारबाजी गर्ने र त्यसैको आवरणमा आफ्नो अभीष्ट पूरा गर्ने क्रम बढ्दो छ । आफूलाई सामाजिक अभियन्ता स्वघोषणा गर्नेका गतिविधिले कानुनी राज्यको धज्जी मात्र उडाएको छैन, गलत सूचनाको सन्देशमार्फत सामाजिक सद्भाव नै खलबलिने खतरा बढ्दो छ ।

गत पुस २५ गते हिन्दुहरूको पवित्र तीर्थस्थल पशुपति मन्दिरपरिसरमा यस्तै घटना दोहोरिएको थियो । आफूलाई सामाजिक अभियन्ताका रूपमा प्रचार गर्ने आशिका तामाङ केही युवालाई लिएर पशुपति मन्दिरपरिसरमा पुगी पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारी तथा सुरक्षार्थ खटिएका प्रहरी माथि अपशब्द प्रयोग गरी अभद्र रूपमा प्रस्तुत भएकी थिइन ।

मन्दिर र विकास कोषको सुरक्षार्थ तैनाथ कर्मचारीका अनुसार तामाङ केही कामदारको माग लिएर कोषको कार्यालयमा प्रवेश गर्दै अभद्र रूपमा प्रस्तुत भएकी थिइन ।

यस घटानापछि पीडित कोषका कर्मचारी र सुरक्षाकर्मीको जाहेरीपछि प्रहरीले तामाङलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले पक्राउ परेकी तामाङबारे अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार पशुपति क्षेत्र विकास कोषको जाहेरी, प्रहरी वृत्त गौशालाको प्रारम्भिक अनुसन्धान र जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुमतिमा तामाङलाई अभद्र व्यवहारको कसुरमा नियन्त्रणमा लिइएको हो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार