९ फाल्गुन, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत तेस्रो खेलमा नामिबिया विरुद्ध नेपाल ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
नेपाल र नामिबियाबीच एकदवसीयमा ७ खेल भएका छन । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको छ ।





