अत्याधिक गर्मीका कारण नेपालगञ्जका विद्यालय बन्द

Picture of Mero Hosting

Mero Hosting

१३ जेठ, बाँके । गर्मी बढेपछि नेपालगञ्जका विद्यालय बन्द भएका छन । नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेका कारण विद्यालयमा विदा दिएको छ ।

तराई भेगमा अत्याधिक गर्मी र तातो हावा ‘लु’ का कारण पठनपाठनमा समस्या भएपछि जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको उपमहानगरले जनाएको छ ।

अत्याधिक गर्मी र ’लु’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिन विद्यालयहरुमा विदा दिइएको हो ।

विपद व्यवस्थापन समितिको वैठकको निणर्य अनुसार विदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको हो ।

यति बेला नेपालगञ्जको तापक्रम अत्याधिक रुपमा बढ्दै गएको छ । जल तथा मौसन पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार नेपालगञ्जमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ । जसका कारण सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । यद्यपी महाशाखाले अत्यावश्यक कामका बाहेक बाहिन ननिस्किन अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार